ललितपुरको ठैब बिहानैदेखि तनावग्रस्त, स्कुटर चालकलाई किचेर मारियो

ललितपुरको ठैब बिहानैदेखि तनावग्रस्त, स्कुटर चालकलाई किचेर मारियो

ललितपुरको हरिसिद्धीस्थित ठैबमा व्यापक जनविरोध भएको छ । आज बिहान मिनीबसको ठक्करबाट एक जना स्कुटर चालकको मृत्यु भएपछि स्थानीयले विरोध प्रदर्शन गरेका हुन् । स्थानीयले टायर बालेर सवारी साधन आवतजावत ठप्प पारेको र परिस्थितिलाई नियन्त्रण बाहिर जान नदिन बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको थियो । 

जिल्ला प्रहरी कार्यालय, ललितपुरले अपरान्हपछि प्रदर्शन बन्द भइसकेको जानकारी दिएको छ । दिउँसो एकछिन निकै हुलदंगा भएको उल्लेख गर्दै कार्यालयले अहिले वातावरण शान्त बनेको जनाएको छ ।

तर,स्थानीय जनता बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएकोमा अझै आक्रोशित देखिन्छन् ।
 

टिप्पणीहरू