साथीले सम्पत्ति खाइदिएपछि आत्महत्या

साथीले सम्पत्ति खाइदिएपछि आत्महत्या

पीडितलाई सहयोग गर्ने भनी उनीहरूसँगै उठबस गरिरहेका नेकपा माओवादी विप्लव समूहका पोलिटब्युरो सदस्य माइला लामाले उल्टै पीडकसँग चन्दा उठाएका छन् । करिब १ वर्षदेखि माइलाको सांस्कृतिक समूह र विप्लव पार्टीको मगर मुक्ति मोर्चाले सरस्वती क्याम्पसमुनि रहेको कपुरधारा, मिलिजुली चोकस्थित एक घरमा अड्डा जमाउँदै आएका छन् । छपाइ व्यवसायी रमेश भण्डारीको ११ आना जग्गामा बनेको यो घर उनलाई अनेक उल्झनमा पारी साथी वीरेन्द्र शाक्यले कान्छी श्रीमतीका नाममा पास गरे । कबोलेको पूरै रकम नदिई जबर्जस्ती घर पास गरेपछि रमेशको परिवार एकैचोटी सडकमा पुग्यो । करोडौं रकम नपाई सडकमा पुगेका रमेशले सबै विवरण खुलाई वीरेन्द्रले कसरी उनको सम्पत्ति हडपे र कसरी सास्ती दिए भन्ने खुलाउँदै ४ पन्ने चिठी लेखेर आत्महत्या गरे । यसैबीच भण्डारी परिवारसामु माइला लामा पुगे र भने– हामी न्यायका लागि लड्ने मानिस हौं, म न्याय दिलाउँछु, तपाईंको उठ्नुपर्ने रकम उठाएर दिन्छु ।

डुब्न लागेकोलाई सिन्काको पनि सहारा हुन्छ भने झैं माइलाको न्याय दिलाउने अठोटमा विश्वास गरी भण्डारी परिवारले उनको समूहलाई विश्वास ग¥यो । वीरेन्द्रकी कान्छी श्रीमतीका नाममा रहेको घरमा माइलाको नेतृत्वमा विप्लव पार्टीको सांस्कृतिक समूह बस्ने, पार्टी कार्यालय राख्ने आदि प्रक्रिया अघि बढे । त्यसयता माइलाको समूहले सो घरमा अड्डा जमाएको छ । घरमा पार्टीको झण्डा फहराएको छ । तर, यसबीचमै माइलाले पीडितलाई पीडक वीरेन्द्रसँग सम्बन्ध बढाए । देखिने गरी पार्टीका नाममा २ लाख रसिद काटेरै वीरेन्द्रसँग रकम लिए । यो घर पार्टीले छाडेर वीरेन्द्रलाई हस्तान्तरण गर्ने शर्तमा माइलाले ५० लाख लिने सहमति भएको सुनिएको सोही घरमै बस्दै आएका मगर मुक्ति मोर्चाका एक कार्यकर्ताले बताए । 

माइलाको समूहले वीरेन्द्रलाई सहयोग पुग्नेगरी सो घरको बिजुलीको लाइन काट्न लगाएको पनि बताइएको छ । लाइन काटिएपछि माइलाले अब यो घर छाड्नुपर्छ भन्दै आएका पनि श्रोतको दाबी छ । उनले पीडितलाई फेरि सडकमा पु¥याउने गरी पीडकसँग ठूलो रकम लेनदेनमा अन्यायपूर्ण निर्णय गर्न लागेको थाहा पाएपछि त्यहाँ बसिरहेका सांस्कृतिक टोली र मगर मुक्ति मोर्चाका कामरेडहरूले विद्रोह गरेका छन् । यसैका कारण माइलाले माघ २३ गतेबाट सो अड्डा छाडेका छन् । यस सम्बन्धमा माइलासँग बुझ्न खोज्दा उनले फोन उठाएनन् । होटल अन्नपूर्णको विवादमा पनि पीडित पक्षलाई न्याय दिलाउने भन्दै उनले पीडकसँग मिली आफैं लाभ हासिल गरी हिँडेको सो होटलका मजदुर नेताका गुनासा छन् । 

– भुक्तभोगी कार्यकर्ता
 

टिप्पणीहरू