सांसद भण्डारी र आमाको अवस्था गम्भीर, आईसीयूमा उपचार हुँदै
गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित नेपाली काँग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारी र उहाँकी आमा हरिकला भण्डारीको कीर्तिपुरस्थित अस्पतलामा उपचार भइरहेको छ । गए राति ग्यास सिलिण्डर बिस्फोटमा परेका दुबै जनाको अवस्था गम्भीर छ ।
८८ वर्षीया आमा र सांसद भण्डारी दुबैको आईसीयूमा उपचार भइरहेको छ चिकित्सकका अनुसार डा. भण्डारीको करिब ३० प्रतिशत र आमाको शरीरको ७० प्रतिशत भाग जलेको छ । साथै दुबै जनाको फोक्सोमा धुवाँ पसेकाले अवस्था गम्भीर बनेको हो ।
गए राति १० बजे बुद्धनगरस्थित निवासमा ग्यास पड्किएपछि उहाँहरु दुबै जनाको शरीरको भाग जलेको हो । सांसद भण्डारीको मुख, घाँटी र गोडा जलेको छ । राति सुतिहरेको अवस्थामा ग्यास विस्फोट भएको बताइएको छ ।
टिप्पणीहरू