क्यानडाको लोभ देखाएर लाखौँ ठगी

क्यानडाको लोभ देखाएर लाखौँ ठगी

आकर्षक तलबमा क्यानडा पठाइदिने प्रलोभन देखाएर रकम ठगी गर्दै आएका एक युवक पक्राउ परेका छन् । सर्लाहीको लालबन्दी नगरपालिका–३ घर भई काठमाडौं महानगरपालिका–३२ नरेफाँट बस्ने २९ वर्षीय लक्ष्मण थापा ठगी आरोपमा समातिएका हुन् । 

मासिक तीन लाख तलब हुने काममा क्यानडा पठाइदिन्छु भन्दै उनले पीडितसँग २३ लाखको माग गरी १९ लाख ९० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । उक्त रकम लिएको केही समयमै उनी सम्पर्कमा आउन नसकेपछि पीडितले वैदेशिक रोजगार विभागमा उजुरी गरेको बताइएको छ । 

त्योसँगै विभागको पत्राचारको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई हिजो दिउँसो बानेश्वरबाट नियन्त्रणमा लिएको हो । आवश्यक कारबाहीका लागि लक्ष्मणलाई वैदेशिक रोजगार विभाग बुद्धनगर पठाएको कार्यालयले जानकारी दिएको छ ।
 

टिप्पणीहरू