सुनकोसीमा शुक्रबार डुबेका युवक अझै बेपत्ता

सुनकोसीमा शुक्रबार डुबेका युवक अझै बेपत्ता

सुनकोसीमा डुबेका रामेछापको लिखु–तामाकोशी गाउँपालिकाका एक युवक तीन दिनदेखि बेपत्ता छन् । लिखु–तामाकोसी–६, खिम्तीका ३२ वर्षीय तीर्थ श्रेष्ठ (आर्यन) सिन्धुलीको पिक्कल गाउँपालिका–५, झगरे बेसीस्थित सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर शुक्रबार दिउँसोदेखि बेपत्ता भएका हुन् । 

काठमाडौँमा बसोबास गर्दै आएका श्रेष्ठ फागुन ५ गते अर्का एक युवकसँगै सोलुखुम्बु हिँडेका थिए । इलाका प्रहरी कार्यालय सिन्धुलीका अनुसार प्रदेश ३–०२–००५ प ६४७४ नम्बरको मोटरसाइकलमा सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ का सुमन बस्नेतलाई लिएर सोलुखुम्बु जाने क्रममा पौडी खेल्न सुनकोसीमा पुगेका श्रेष्ठ नदीमा डुबेर बेपत्ता भएका हुन् । 

श्रेष्ठ घटना भएकै स्थानमा पानीभित्रै डुबेको हुनसक्ने भएकाले निकाल्न दक्ष गोताखोर (पौडीवाज) आवश्यक रहेको प्रहरीले बताएको छ । यता श्रेष्ठको परिवारले भने छिटो खोजी गरिदिन प्रहरीलगायत सबैसँग आग्रह गरेको छ ।

टिप्पणीहरू