गृहसचिव बालुवाटारमा आज सबैभन्दा पहिले

गृहसचिव बालुवाटारमा आज सबैभन्दा पहिले

गृहसचिव विनोदप्रकाश सिंह आज बिहान सबेरै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको छ । उहाँ गृहमन्त्रीको समेत जिम्मेवारी लिनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न त्यहाँ जानुभएको हो ।

बिहान साढे ८ बजे बालुवाटार पुग्नुभएका सचिव सिंह आधा घण्टापछि निस्कनुभएको थियो । सिंह निस्केपछि लगत्तै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री डा. विमला राई पौडेल त्यहाँ पुग्नुभयो । उहाँहरु निस्केपछि नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार जानुभएको हो । 

प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच अहिले पनि कुराकानी भइरहेको बताइन्छ ।
 

टिप्पणीहरू