पुरानो गठबन्धनको बैठक निष्कर्षविहीन, साँझ फेरि बस्ने

पुरानो गठबन्धनको बैठक निष्कर्षविहीन, साँझ फेरि बस्ने

आगामी राष्ट्रपति निर्वाचनमा सहमतीय उम्मेदवार चयन गर्नेबारे छलफल गर्न बसेको तत्कालीन पाँच दलीय गठबन्धनका चार पार्टीको बैठक बिना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झण्डै चार घण्टादेखि छलफलमा जुटेका गठबन्धनका नेताहरु साँझ पुनः बस्नेगरी उठेका हुन् । 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेस महामन्त्री गगनकुमार थापाले विभिन्न विकल्पमा छलफल भएको बताए । उनका अनुसार आ–आफ्नो दलमा छलफल गरेर पुनः ५ बजे बैठक बस्ने सहमति भएको छ । थापाले एमालेबाहेकको राष्ट्रपति बनाउने सम्बन्धमा सहमति नजिक पुगेको दाबी पनि गरेका छन् ।

बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेता सहभागी थिए । बुझिएअनुसार बैठकमा काँग्रेस नेताहरुले राष्ट्रपतिमा अडान राख्दा माओवादी, समाजवादी र जसपाका नेताहरुले माधवकुमार नेपालको नाममा सहमत हुन आग्रह गरेका थिए ।

टिप्पणीहरू