अबदेखि आकस्मिक बिदामा बैंक बन्द नहुने

अबदेखि आकस्मिक बिदामा बैंक बन्द नहुने

अबदेखि सरकारले गर्ने आकस्मिक बिदाको निर्णयमा पनि बैंक तथा वित्तीय संस्थाले कारोबार सञ्चालन गर्नुपर्ने भएको छ ।  सरकारले हरेक नयाँ वर्ष अगावै सार्वजनिक गर्ने पात्रोमा उल्लेखित बिदाबाहेक सरकारले घोषणा गर्ने आकस्मिक बिदाको दिनमा बैंक तथा वित्तीय संस्था बन्द गर्न नपाइने नेपाल राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकले आज  ‘क’, ‘ख’ र ‘ग’वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०७९ मा संशोधन तथा परिमार्जन गर्दै यस्तो प्रावधान ल्याएको हो । राष्ट्र बैंक खुलेको दिन अन्य बैंक तथा वित्तीय संस्थाले पनि आफ्नो कार्यालय खोलेर बैंकिङ कारोबार सञ्चालन गर्नुपर्ने जानकारी दिइएको छ । 

त्यस्तै, कार्यालय समयको अतिरिक्त र अन्य बिदाका दिनमा पनि कारोबार सञ्चालन गर्नुपरेमा पूर्व जानकारी गराउन भनिएको छ । राष्ट्र बैंक खुलेको दिन र समयका साथै अतिरिक्त समय तथा अन्य बिदाको दिनमा आफ्नो कारोबार सञ्चालन गर्ने बैंक तथा वित्तीय संस्थाले अनिवार्य रुपमा केन्द्रीय बैंकलाई जानकारी गराउनुपर्ने व्यवस्था पनि गरिएको छ ।

टिप्पणीहरू