बिजुलीको तार सर्ट हुँदा १७ लाख स्वाहा

बिजुलीको तार सर्ट हुँदा १७ लाख स्वाहा

सप्तरीमा आगलागी हुँदा १७ लाखभन्दा बढीको क्षति भएको छ । बोदेबसाईन नगरपालिका-१० खडकपुरका पलुन यादवको घरमा हिजो दिउँसो ४ बजे बिजुलीको तार सर्ट भई आगलागी हुँदा १७ लाख ७५ हजार मूल्य बराबरको धनमाल क्षति भएको हो । 

आगलागीले पलुनसहित स्थानीय गोहालु यादव, उमेश यादव र विरेन्द्र यादवको घर, गरगहना, लत्ताकपडा, भाडाकुँटा, फर्निचरलगायत अन्य सामान जलेर नष्ट भएको छ । स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा डेढ घण्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

उक्त घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ ।

टिप्पणीहरू