लुम्बिनी विकास कोषमा ३९ देशका मुद्रा, सिंगापुर लैजाने तयारी
लुम्बिनी विकास कोषमा विश्वका ३९ देशका मुद्रा जम्मा भएका छन् । लुम्बिनी भ्रमणमा आएका विदेशी पर्यटक तथा श्रद्धालु भक्तजनले दान बाकसमा हालेका ती मुद्रा नेपाली रुपैयाँ एक करोड बढीको हो ।
लामो समयदेखि जम्मा भएका ती रकम सटहीको निम्ति नेपाल राष्ट्र बैंकले पहल गर्ने वचन दिएको बताइएको छ । बैंकको विदेशी मुद्रा सटही सूचीमा नपरेका ती मुलुकका मुद्रा केन्द्रीय बैंक मार्फत् सिंगापुर लैजान तयारी भएको बैंकको सिद्धार्थनगर शाखाले जनाएको छ ।
त्यस्ता मुद्राको प्रचलित मूल्य १ करोड १७ लाख ९५ हजार रहेको छ । सटही हुन नसकेका विदेशी मुद्रा म्यानमार, श्रीलंका, ब्रुनाई, इराक, मेक्सिको, युगाण्डा, लेबनान, पेरुलगायत मुलुकका हुन् । सिंगापुरबाट सटही भएर आएको रकम पछि कोषलाई नेपाल राष्ट्र बैंकले उपलब्ध गराउने छ ।
टिप्पणीहरू