प्रधानमन्त्री भेटेर माधव नेपाल सिधै कर्णालीतिर

प्रधानमन्त्री भेटेर माधव नेपाल सिधै कर्णालीतिर

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सुर्खेत जानुभएको छ । पार्टीका सचिवालय सदस्य घनश्याम भुसाललाई लिएर उहाँ आज बिहान ११ बजे बुद्ध एयरको जहाजबाट सुर्खेत् प्रस्थान गर्नुभएको हो ।  

यसअघि अध्यक्ष नेपालले बिहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेट्नुभएको थियो । प्रधानमन्त्रीसँग झण्डै आधा घण्टाको कुराकानीपछि त्यहाँबाट बाहिरिनुभएका उहाँ पार्टी प्रशिक्षणका लागि सुर्खेत उड्नु भएको बताइएको छ । 

नेकपा माओवादी केन्द्रले एमालेसँगको सहकार्य तोडेर पुरानो पाँच दलीय गठबन्धन ब्युँतिएपछि अध्यक्ष नेपालले लगालग प्रधानमन्त्री प्रचण्डलाई भेटिरहनुभएको छ ।
 

टिप्पणीहरू