३९ दिने मन्त्रीका चार बुँदे निष्कर्ष : देश बन्छ, बनाउन सकिन्छ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले छोटो समय सरकारमा रहँदा देश बनाउन सकिने विश्वास आफूलाई लागेको बताएका छन् । जम्मा ३९ दिन मन्त्री बनेका उनी सरकारमा रहँदाको आफ्नो बुझाइले त्यस्तो निष्कर्षमा पुगेका हुन् ।
अध्यक्ष लिङ्देनले आज फेसबुकमा छोटो समय सरकारमा रहँदाका मेरा बुझाइहरु भन्दै चार बुँदामा लेखेका छन्, ‘कर्मचारीले नेताभन्दा नेताले कर्मचारी बिगारेको रहेछ । देश आर्थिक र भूराजनीतिक दृष्टिबाट भयानक चेपुवामा छ ।’ त्यस्तै नागरिक समाज आवश्यकताभन्दा धेरै नकारात्मक रहेको पनि उनको अनुभव छ ।
लिङ्देनको नेतृत्वमा सरकारमा सहभागी भएको राप्रपाले सत्ता गठबन्धनमा आएको परिवर्तनसँगै अस्तिदेखि सरकार छाडेको छ । राप्रपाका मन्त्रीहरुले शनिबार प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए ।
छोटो समय सरकारमा रहँदाका मेरा बुझाइहरु ...
● कर्मचारीले नेताभन्दा नेताले कर्मचारी बिगारेको रहेछ ।
● देश आर्थिक र भूराजनीतिक दृष्टिबाट भयानक चेपुवामा छ ।
● देश बनाउन नसकीने र नबन्ने रहेनछ । बनाउन सकिन्छ र बन्छ ।
टिप्पणीहरू