गोठमा आगलागी हुँदा सात लाख खरानी
झापामा आगलागी हुँदा ७ लाख रुपैयाँ बराबरको धनमालको क्षति भएको छ । बुद्धशान्ति गाउँपालिका-३ की कमला खतिवडाको घर नजिकैको गोठमा विद्युत सर्ट भई आगलागी हुँदा सो परिमाणमा धनमाल जले नष्ट भएको हो ।
प्रहरीका अनुसार हिजो बिहान लागेको आगलागीले गोठ, पराल, सखुवाको काठ, सोलर प्यानललगायतका सामानहरु जलेर नष्ट भएका छन् । आगलागी स्थानीय बासिन्दा र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू