नवलपरासीमा ट्याक्टर दुर्घटना, बालकको मृत्यु

नवलपरासीमा ट्याक्टर दुर्घटना, बालकको मृत्यु

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा भएको ट्याक्टर दुर्घटनामा बालकको मृत्यु भएको छ । दुर्घटना गएराति विनयी त्रिवेणी गाउँपालिकाको देउराली सर्दी सडकमा भएको बताइएको छ ।
 

उक्त दुर्घटनामा स्थानीय १३ वर्षीय बविन क्षेत्रीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार लु.४ त ३०४६ नम्बरको ट्याक्टर सडक छेउमा पल्टिएको हो । सो क्रममा तीन जना घाइते भएका छन् । 

बालक क्षेत्रीको उपचारका क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको हो । घाइतेहरुको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू