बिहारमा दुलही लिन गएका जन्ती चढेको बस पल्टियो, एकको मृत्यु

बिहारमा दुलही लिन गएका जन्ती चढेको बस पल्टियो, एकको मृत्यु

पर्साको पोखरियाबाट भारततर्फ जन्ती बोकेर गएको बस आज नेपाल फर्कंदै गर्दा दुर्घटनामा परेको छ । बिहारको लौरियामा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको बताइएको छ । बसमा सवार ४० जनाभन्दा बढी जन्ती घाइते भएका छन् । ना. ५ ख ११९८ नम्बरको बस दुर्घटनामा १८ वर्षीय ओमप्रकाश साहको मृत्यु भएको हो ।

दुर्घटनामा ४० जना जन्ती घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । मृतकको शव नेपाल ल्याइएको छ । केही घाइते नेपाल फर्के पनि केहीको उतै अस्पतालमा उपचार भइरहेको बुझिएको छ ।

टिप्पणीहरू