संसद भवन नजिकै सरकार विरोधी प्रदर्शन

संसद भवन नजिकै सरकार विरोधी प्रदर्शन

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सरकार विरोधी प्रदर्शन गरेको छ । मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा अनेरास्ववियुले चर्का नारा लगाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको विरोध गरेको बताइन्छ ।

अखिलको नेपाल कमर्स क्याम्पस कमिटीको आयोजनामा केन्द्रीय उपाध्यक्ष धर्म गिरिको नेतृत्वमा आज बिहान नाराबाजी र प्रदर्शन भएको हो । दुई दर्जन विद्यार्थी नेता र कार्यकर्ताको सहभागितामा कठपुतली सरकार मुर्दावादको नारा घन्काइएको थियो । 

उनीहरुले नेपाली किसानमाथिको अत्याचार बन्द गर, आयातित तरकारी विषादी परीक्षण अनिवार्य गरलगायत नारा लगाउँदै क्याम्पसदेखि मीनभवन चोकसम्म जुलुससमेत निकालेका थिए ।
 

टिप्पणीहरू