प्रधानमन्त्रीका घरबेटीको काम हेर्न उपप्रधानमन्त्री र भारतीय राजदूत बिहानै नगरकोट फेदीमा

प्रधानमन्त्रीका घरबेटीको काम हेर्न उपप्रधानमन्त्री र भारतीय राजदूत बिहानै नगरकोट फेदीमा

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ आज बिहान भारतीय राजदूत नवीन श्रीवास्तवसँगै नगरकोटको फेदीसम्म जानुभएको छ । उहाँहरुले भक्तपुरको कमलविनायकदेखि नगरकोट सडक खण्डको अनुगमन गर्नुभएको बताइएको छ ।

‘लामो समयदेखि अवरुद्ध सडक स्तरोन्नतीको कार्य हेर्न उहाँहरु त्यहाँ जानुभएको हो,’ यातायात मन्त्रालयका एक जना अधिकारीले बताए । उक्त सडक खण्ड भारतीय एक्जिम बैंकको आर्थिक सहयोगमा विस्तार तथा निर्माण थालनी भएको हो । अनुगमन गर्न गएको टोलीमा उपप्रधानमन्त्री र राजदूत बाहेक मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, आयोजना प्रमुख र निर्माण कम्पनीका प्रतिनिधिहरु छन् । 

उक्त सडकखण्डको ठेक्क शैलुङ कन्स्ट्रक्सनले पाए पनि लामो समयसम्म अवरुद्ध हुँदा स्थानीयबासी पीडित र आक्रोशित देखिन्छन् । पटक पटक म्याद थप्दै आए पनि काम नसकाएको शैलुङले आज पनि म्याद थपको आग्रह गरेको बताइन्छ ।

शैलुङ कन्स्ट्रक्सनका मालिक शारदाप्रसाद अधिकारी प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका खुमलटारस्थित निवासका घरबेटी हुन् ।
 

टिप्पणीहरू