बैंकविरुद्ध ‘नो डिपोजिट’ आन्दोलन

बैंकविरुद्ध ‘नो डिपोजिट’ आन्दोलन

बैंक तथा वित्तिय संस्थाले मनलाग्दी ब्याज बढाएको भन्दै सडक संघर्षमा उत्रिएका सुदूरपरिश्चमका व्यवसायीहरुले आन्दोलनका कार्यक्रमलाई थाप आक्रामक बनाएका छन् ।

केही दिनदेखि लगातार आन्दोलन गरिरहेका व्यवसायीहरुले आज बैंक तथा वित्तिय संस्थाको ब्याजदर वृद्धिको विरोध गर्दै ‘नो डिपोजिट’ अभियान सञ्चालन गरेका छन् । त्यसक्रममा उनीहरुले बैंकमा रकम जम्मा नगर्ने घोषणा गरे ।

बुधबार व्यवसायीहरुले धनगढीस्थित राष्ट्र बैंकको प्रदेश कार्यालय घेराउसमेत गरेका थिए । बैंकको चर्को ब्याजदरका कारण व्यवसायबाटै विस्थापित हुनुपर्ने अवस्थामा पुगेको भन्दै उनीहरुले राष्ट्र बैंकको वित्तीय नीतिको विरोधमा प्रदर्शन गरेका हुन् ।
 

टिप्पणीहरू