रौतहटको जिल्लासभा तीन जना सदस्यद्वारा बहिष्कार

रौतहटको जिल्लासभा तीन जना सदस्यद्वारा बहिष्कार

-प्रेमचन्द्र झा 

रौतहटको जिल्ला सभा तीन जना सदस्यले बहिष्कार गरेका छन् । उनीहरुले जिल्ला समन्वय समिति रौतहटको पाँचौ जिल्लासभा बहिष्कार गरेका हुन् ।

समन्वय समितिका प्रमुख रामअयोध्या प्रसाद यादव र समन्वय अधिकारी ओम प्रकाश यादवले आफुखुशी र मनलाग्दी ढंगले कोषको रकम वितरण गरेको आरोप लागेपछि उनीहरुले बहिष्कार गरेको बताइन्छ । 

जिल्ला समन्वय सदस्य मोजमिल आलम, अशोककुमार झा र इन्दुदेवी बैठाले जिल्लासभा वहिष्कार गरेका हुन् । वर्षौैंदेखि कोषको खातामा रहेको रकम समिति प्रमुख र समन्वय अधिकारीले आफ्नै तजबिजीमा बाँडेको उनीहरुको आरोप छ । 

आलम, झा र बैठाले त्यसरी गलत तवरले रकम बाँडिएको कार्यप्रति दुःखेसो पोखेका छन् । आफूहरुले पहिले नै समन्वय अधिकारी यादवलाई गलत तरिका र उद्देश्यले रकम भागबण्डा नगर्न आग्रह गर्दा सुनुवाई नभएको उनीहरुको भनाइ छ । ‘अहिले त्यसैको विरोधमा सभा बहिष्कार गरिएको हो,’ तीनै जनाले भने ।

टिप्पणीहरू