राष्ट्रपति निर्वाचनको दुईथरी मतपत्र, एउटा संघीय अर्को प्रदेश सांसदलाई
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको निम्ति नमूना मतपत्र बनाइएको छ । मतपत्र रातो र हरियो गरेर दुईथरी बनाइएको छ । रातो मतपत्र संघीय संसदका सदस्यलाई दिइने छ भने हरियो प्रदेश सभाका सदस्यहरुको निम्ति छुट्ट्याइएको हो ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद तथा सात वटै प्रदेश सभाका सांसद मतदाता हुन्छन् । तर संघीय सांसदहरुको मतभार ७९ अंक र प्रदेश सभाका सांसदको मतभार ४८ तोकिएको छ ।
टिप्पणीहरू