छुट्टीमा बसेका गभर्नर १६ घण्टा काठमाडौं बाहिर

छुट्टीमा बसेका गभर्नर १६ घण्टा काठमाडौं बाहिर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बिराटनगर पुगेर काठमाडौं फर्केका छन् । गभर्नर अधिकारी हिजो अपरान्ह त्यता गएर आज बिहान राजधानी फर्केको बैंक स्रोतले बताएको छ ।

‘उहाँ हिजो बिराटनगर गएर आज बिहान राजधानी आइसक्नुभयो,’ स्रोतले भन्यो । उहाँ हिजो बुद्ध एअरको उडानमा पौने ४ बजे बिराटनगर गएर आज बिहान ९ बजे सोही एअरको उडानमा काठमाडौं फर्किसकेको बैंकको विराटनगर कार्यालयले जनाएको छ । 

गभर्नर अधिकारी १० दिनको अनिवार्य बिदामा बसेकाले आगामी बुधबार मात्र कार्यालय हाजिर हुने कार्यतालिका छ ।
 

टिप्पणीहरू