सभामुखले बालुवाटार रोजेपछि राष्ट्रियसभाका अध्यक्ष 'अलपत्र'

सभामुखले बालुवाटार रोजेपछि राष्ट्रियसभाका अध्यक्ष 'अलपत्र'

सभामुख देवराज घिमिरे वालुवाटारस्थित सरकारी भवनमा सर्ने भएका छन । गत ५ माघमा सभामुख चयन भएपनि सरकारी निवास नहुँदा लोकन्थलीस्थित नीजि घरमा बस्दै आएका उनी केही दिनभित्रै बालुवाटार सर्ने तयारीमा छन् । 

गत सोमबार बसेको क्याविनेट बैठकले हाल राष्ट्रियसभा अध्यक्ष बसिरहेको उक्त निवास खालि गराई सभामुखलाई त्यहाँ ठाउँ दिने निर्णय गरेको हो । यसअघि सभामुख घिमिरेले बालुवाटारको निवास नमिलेसम्म सरकारी निवासमा नजाने अडान लिएका थिए । 

‘सोमवारको मन्त्रीपरिषद बैठकले सभामुखको निवासस्थान पुरानै सभामुख निवास तय गरेको छ, आवाश्यक प्रक्रिया पूरा गरेर रंगरोगनको काम सकिएपछि चाँडै नै सभामुख बालुवाटारस्थित सरकार निवासमा सर्नु हुनेछ, ’ घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले भने ।

सभामुखको सो निवासमा हाल राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना बस्दै आएका छन् । क्याविनेटको निर्णयसँगै राष्ट्रियसभा अध्यक्ष त्यहाँवाट बाहिर जानेछन् । तर, उनी पुरानै आफ्नो भवनमा बस्ने छन् वा यसअघि सभामुख बस्दै आएको लेनचौरस्थित निवासमा सर्नेछन्, त्यो भने निक्यौल भईसकेको छैन् ।

बालुवाटारमा प्रधानमन्त्री निवास भत्काएर नयाँ बनाउन थालेपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली मुख्यसचिवले प्रयोग गर्दै आएको नजिकैको सरकारी निवासमा सर्नुपरेको थियो । तत्कालिन सभामुख कृष्णबहादुर महरा यौनकाण्डमा परेपछि रिक्त रहँदै आएको सो भवनमा राष्ट्रियसभा अध्यक्ष सरेका थिए भने राष्ट्रियसभा अध्यक्ष बसेको भवनमा मुख्य सचिवलाई सारिएको थियो ।

तर, तिमिल्सना बसिरहेका कारण महरापछि निर्वाचित भएर आएका सभामुख अग्नि सापकोटा बालुवाटारलप सरकारी भवनमा नबसेर लैनचौरस्थित निवासमा बस्दै आएका थिए । हाल उनी त्यहाँवाट सरेपछि सभामुख घिमिरे बालुवाटार जाने कि लैनचौर जाने भन्ने अन्यौल थियो । तर, उनले बालुवाटार नै जाने अड्डी लिएपछि सरकारले त्यससम्बन्धमा निर्णय गरेको हो ।
 

टिप्पणीहरू