नर्भिकमा उपचार गर्न जाने महिलालाई नारी दिवसको छुटैछुट

नर्भिकमा उपचार गर्न जाने महिलालाई नारी दिवसको छुटैछुट

नर्भिक इन्टरनेशनल हस्पिटलले नारी दिवसको अवसरमा विभिन्न उपचारसेवा र हेल्थ प्याकेजमा विशेष छुट दिने भएको छ । आगामी ८ मार्च ( फागुन २४ गते) पर्ने नारी दिवसको अवसरमा नर्भिकले विशेष छुटको स्किम सार्वजनिक गरेको हो । 

नर्भिकमा उपलब्ध फिमेल वेलनेसका प्याकेजहरुमा नर्भिकले ६ मार्चदेखि १३ मार्चसम्म (एक साता) का लागि १५ प्रतिशत छुट दिनेछ । सो अवधिमा महिलाहरुको स्तनको जाँचका लागि गरिने विशेष एक्सरे (म्यामोग्राफी) गर्दा लाग्ने शुल्कमा २५ प्रतिशत छुट उपलब्ध हुने अस्पतालले जनाएको छ ।

यस्तै, नारी दिवसकै अवसर पारेर नर्भिक कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरले हाइड्रा फेसियल तथा पर्मानेन्ट हेयर रिडक्सनका लागि गरिने लेजर उपचार सेवाको शुल्कमा २५ प्रतिशत छुट दिइने गरी अर्को स्किम समेत सार्वजनिक गरेको छ ।

यो स्किम पनि मार्च ६ देखि १३ सम्म नै रहनेछ । यी सबै खालका स्किमहरुमा उपलब्ध छुटको सेवा ७ दिन (६ मार्चदेखि १३ मार्चसम्म) मात्र रहने अस्पतालले जनाएको छ ।

टिप्पणीहरू