राष्ट्रपति चुनावमा भोट हाल्न सिकाउँदै सांसदहरुलाई काँग्रेसको पाँच बुँदे सूचना

राष्ट्रपति चुनावमा भोट हाल्न सिकाउँदै सांसदहरुलाई काँग्रेसको पाँच बुँदे सूचना

राष्ट्रपति निर्वाचनमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई आठदलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनाएको नेपाली काँग्रेसले मतदान गर्ने तरिकाबारे आफ्ना सांसदहरुलाई सिकाएको छ । काँग्रेस संसदीय दलका तर्फबाट आज सूचना निकालेर समग्र मतदानको प्रक्रियाका विषयमा जानकारी दिइएको हो । 

काँग्रेसले फागुन २५ गते निर्धारित समयमै परिचय पत्रसहित मतदानस्थल रहेको संसद भवनको ल्होत्से हलमा पुग्न भनेको छ । त्यस्तै, संघीय संसद र प्रदेशसभा सदस्यका लागि तोकिएको मतपत्रमा नबिगारी स्वस्तिक छाप लगाउन पनि भनिएको छ । 

मतपत्रको नमूना संसदीय दलको फेसबुक पेज र ह्वाट्सअप ग्रुपमा राखिएको काँग्रेसले आफ्ना सांसदलाई जानकारी गराएको छ । राष्ट्रपति निर्वाचनमा दुबै तहका सांसद मतदाता रहने छन् । निर्वाचन आयोगले संघीय सांसदका लागि रातो र प्रदेशसभाका सांसदलाई हरियो रंगको मतपत्र बनाएको छ ।

टिप्पणीहरू