मृत्युअघि इन्जिनियर नेपाल किन लगातार गैरहे त्यही ठाउँमा ?

मृत्युअघि इन्जिनियर नेपाल किन लगातार गैरहे त्यही ठाउँमा ?

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्याय नेपालको हिजो दिउँसो ललितपुर,शंखमूलस्थित एउटा रेष्टुरेन्टको छैठौं तलाबाट खसेर निधन भएको छ । स्थानीय बबिन्स कफी नामक रेष्टुरेन्टको छतबाट उनी बिजुलीको तारमा ठोक्किदै सडकमा बजारिएका थिए । 

पहिले मीनभवनस्थित सिभिल अस्पताल र पछि माइतीघरको अन्नपूर्ण अस्पतालमा पुर्याइएलगत्तै  चिकित्सकले उनलाई मृत घोषणा गरिदिएका थिए । पछिल्लो चार दिनमा तीन पटक एक्लै कफी पिउन गएका उनी हिजो त्यहाँबाट खसे वा खसाइए भन्नेसम्बन्धमा अनेक चर्चा छ । तर प्रहरीले हालसम्मको अनुसन्धानमा अर्को व्यक्तिको यसमा संलग्नता नदेखिएको जानकारी दिएको छ ।

रेष्टुरेन्टका सञ्चालक र कर्मचारीले पनि सरोज हिजोसहित तीन दिन कफी खान त्यहाँ पुगेको बताएका छन् । बुधबार र बिहीबार लगालग गएका उनी शुक्रबार नगई हिजो बिहान साढे १० बजे त्यहाँ पुगेका थिए । सामान्यतयाः बिहानको १० बजे कुनै पनि ग्राहक कफी वा ममः खान रेष्टुरेन्ट छिर्दैन । खाना वा लञ्चको निम्ति खुलेको रेष्टुरेन्टमा पनि दिउँसो  साढे १ बजेपछि मात्रै ग्राहक पुग्ने गरेको पाइन्छ ।

यसरी निरन्तर जाने गरेको उक्त रेष्टुरेन्ट उनको चिनजान भएको ठाउँसमेत होइन । उनी त्यहाँ गएर कफी खाएको तेस्रो दिन हामफालेको देखिन्छ । तीन दिनसम्म उनले कोही पनि साथमा लिएर गएका थिएनन् । हिजो १० बजेतिर गएर साढे २ बजेतिर छैठौं तलाबाट हामफालेको बताइन्छ ।

‘पहिले उनको शरीरले नाङ्गो तारमा छोयो,तार जुधेपछि सर्ट भयो र बत्ति बलेको देखियो,’

रेष्टुरेन्टका कर्मचारीहरु भन्छन्, ‘पहिलो दिन सुईंसुईं छैठौं तलाको टेरेसमा पुग्नुभयो । हामीहरुसँग राम्रै कुरा गर्नुभयो । ठाउँ मन पर्यो भन्दै दोस्रो दिन र  हिजो पनि टपमा जानुभयो ।" हिजो त्यहाँ पुगेपछि उनले पहिले कफी मगाएर खाएको र पछि ममः मगाएको देखिन्छ । वेटरले मःमःसँगै एक बोटल मीनरल वाटर समेत लगेर टेबुलमा राखिदिएका थिए ।

कफी पिए पनि मःमः को दुई डल्ला बाँकी छाडेर उनी हाम फालेको त्यहाँको अवस्थाले देखाउँछ । नेपालले कफी खान थालेपछि वेटर र कर्मचारीहरु तलको किचन र रेष्टुरेन्टमा व्यस्त हुन गएका थिए । माथि उनी एक्लै बसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

दिउँसो साढे २ बजेतिर एकै पटक सडकमा ठूलो आवाज आएपछि सबैको ध्यान त्यता गएको थियो । त्यतिनै बेला सडकको हाइभोल्टेज बिजुलीको तार पनि बलेको स्थानीय बताउँछन् । ‘पहिले उनको शरीरले नाङ्गो तारमा छोयो,तार जुधेपछि सर्ट भयो र बत्ति बलेको देखियो,’ उनीहरुको भनाइ छ ।

सडकमा रगताम्मे भएर मोटो मानिस लड्दा बटुवाहरुले सडक दुर्घटनाको अनुमान लगाएका थिए । तर,उनी माथिबाट खसेको थाहा पाउनासाथ  ट्याक्सी बोलाएर अस्पताल लैजान खोजियो । प्रहरीले तुरुन्तै सिभिल हस्पिटल लगे पनि चिकित्सकले अन्नपूर्ण अस्पताललाई रिफर गरेको बुझिएको छ ।

अन्नपूर्ण अस्पतालका चिकित्सकले बताएअनुसार,त्यहाँ पुर्याउँदा अल्मोस्ट डेथ भइसकेको झैँ देखिन्थ्यो । तर पनि २० मीनेट जति सीपीआर दिइयो । तर बाँच्ने कुनै सम्भावना नदेखिएपछि डेथ डिक्ल्यिएर गरिएको हो ।

त्यस्तो दुखद खबर सुनेलगत्तै नेकपा एसका अध्यक्ष तथा दाजु माधव नेपाल पनि अस्पताल पुग्नुभएको थियो । चिकित्सकले उहाँलाई सरोजको मृत्युको कारण खुलाउने जानकारी गराएपछि  नेता  घनश्याम भुसाललेसमेत पोष्टमार्टम गराउन आवश्यक रहेको जवाफ दिनुभएको बताइन्छ । 

टेबुलमा जुत्ताको डाम र रेलिङमा तीन वटा औंलाको छाप पनि देखिएको छ।

प्रहरीका अनुसार उनको मृत्युमा शंकाको अरु कुनै सम्भावना देखिँदैन । बिजुलीको तारमा नअल्झिएको भए सम्भवतः शरीर माटोको भाँडोझैँ फुट्ने अवस्था थियो । नाङ्गो तारमा अल्झेपछि माथिबाट खस्ने गति कम भएकाले टाउको र शरीर थप छरपष्ट हुनबाट बचेको हो । ‘टाउकोको दायाँतर्फ ठोक्किएको तर फुटेको छैन । बायाँ हातको कुइनोबाट खुस्केर हड्डी बाहिर निस्केको पाइयो,’ अस्पताल स्रोतले भन्यो ।

एउटा पाको उमेरको र सामाजिक नेटवर्क भएको मान्छे उक्त रेष्टुरेन्टमा लगातार अफ टाइममा जानु त्यो पनि एक्लै,लाई प्रहरीले शंका गर्ने ठाउँको रुपमा लिन सकिने बताएको छ । त्यसमा पनि बिहानदेखि दिउँसोसम्म बसेकाले घरायसी र अन्य पाटो पनि केलाउँदा राम्रो हुने प्रहरीको बुझाई हो ।

नेपालले अघिल्ला दुई दिन वेटरहरुलाई टिप्स पनि राम्रै दिएका थिए । कुराकानीमा पनि उनी डिप्रेस जस्तो नभएको र गफ पनि राम्रै गरेको कर्मचारीहरुको भनाइ छ । जबकि रेष्टुरेन्टको छतमा कम्मरको साइजसम्मको वाल देखिन्छ । त्यसपछि रेलिङ लगाइएको छ । 

रेलिङ र वाल गरेर मानिसको हाइट जति उचाइ भएकाले उनी टेबुलमा चढेर हामफालेको हुनसक्ने बताइन्छ । टेबुलमा जुत्ताको डाम देखिएको प्रहरीको भनाइ छ । रेलिङमा तीन वटा औंलाको छाप पनि देखिएको छ । उनी त्यही रेलिङमा समातेर झरेको प्रारम्भिक अनुमान छ । सरोजकुमार उपाध्यायको अन्त्येष्टि छोरीहरु अमेरिकाबाट फर्किएपछि सम्भवत: भोलि सोमबार हुनेछ । 

टिप्पणीहरू