सरोजको पार्थिव शरीर भोलि एकीकृत समाजवादीको कार्यालयमा राखिने

सरोजको पार्थिव शरीर भोलि एकीकृत समाजवादीको कार्यालयमा राखिने

हिजो दिउँसो शंखमूलको एउटा रेष्टुरेन्टको छैठौं तलाबाट खसेर निधन भएका नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सरोज उपाध्यायको पार्थिव शरीरलाई दुई घण्टा पार्टी मुख्यालमा राखिने भएको छ । पार्टी केन्द्रीय सदस्य एवम् इन्जिनियरिङ विभाग इञ्चार्ज उपाध्यायको पार्थिव शरीरलाई श्रद्धाञ्जलीको निम्ति आलोकनगरमा राख्ने जनाइएको छ ।

आज पार्टीले जारी गरेको शोक वक्तव्यमा पार्टी निर्माणमा महत्वपूर्ण योगदान गरेका उपाध्यायको निधनले पार्टीलाई अपुरणीय क्षति भएको उल्लेख छ । उनी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका भाई हुन् । 

पार्टीले शोकलाई शक्तिमा संगठन निर्माणमा लाग्न सम्पूर्ण पार्टी नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तकहरुमा अनुरोध पनि गरेको छ ।

टिप्पणीहरू