अब काँग्रेस–एमालेको सरकार बन्ने भारतीय पूर्व राजदूतको दाबी
नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रेले आगामी राष्ट्रपतीय निर्वाचनपछि नेपालमा सत्ता गठबन्धनको समीकरणमा परिवर्तन आउने सम्भावना औंल्याएका छन् । उनले भारतबाट प्रकाशित हुने डेक्कन हेराल्डमा लेखेको लेखमा उक्त सम्भावनावारे उल्लेख छ ।
रेले लेखेका छन्,‘दुई महिनाअघिको एमाले र माओवादी गठबन्धन असफल भएर काँग्रेस र माओवादी गठबन्धन बनेको हो । अब तेस्रो विकल्पको रूपमा राष्ट्रपति चुनावपछि नेपालमा काँग्रेस–एमालेको सरकार बन्ने सम्भावना पनि उत्तिकै छ ।’
रञ्जित बेलाबखत उल्टा पुल्टा विभिन्न धारणा राखेर चर्चा र विवादमा आउने गर्छन् । यसअघि उनले प्रकाशित गरेको काठमाडौं डिलेमा : रिसेटिङ इण्डिया–नेपाल टाइजमा उल्लेख गरिएका कतिपय विषय पनि विवादमा तानिएका छन् ।
टिप्पणीहरू