निकुञ्जभित्रै १४ महिनामा ६ हात्ती मारिए
तान्जानियामा पछिल्लो १४ महिनाको अवधिमा ६ वटा हात्ती मारिएका छन् । ती हात्ती चोरी शिकारी गर्ने उद्देश्यले शिकारीहरुले मारेको त्यहाँको प्रहरीले आशंका गरेको छ ।
छ वटै हात्ती स्थानीय रुआहा राष्ट्रिय निकुञ्जभित्र अघिल्लो वर्षको जनवरीदेखि यो वर्षको फेब्रुअरीसम्म मारिएका हुन् । केही शिकारीलाई पक्राउ गरेपछि प्रहरीले ती सबै हात्ती उनीहरुकै हातबाट मारिएको आशंका गरेको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।
उक्त निकुञ्जका सहायक संरक्षण आयुक्त गडवेल वोले मेइङाटाकीले भने, ‘केही शिकारीलाई फेब्रुअरी २८ तारिखका दिन पक्रेपछि उक्त रहस्य खुलेको हो । ती शिकारीले हात्तीलगायत वन्यजन्तुको चोरी शिकारीको क्रममा प्रयोग गरेका एउटा सवारी साधन र केही हतियारसमेत प्राप्त भएको छ ।’
टिप्पणीहरू