माधव नेपालका भाइको अन्त्येष्टि आज

माधव नेपालका भाइको अन्त्येष्टि आज

रेष्टुरेन्टको छैठौँ तलाबाट खसेर निधन भएका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्यायको आज अन्त्येष्टि गरिने भएको छ । 

शनिबार काठमाडौँको एक रेष्टुरेन्टको छैठौँ तलाबाट खसेर ज्यान गुमाएका स्वर्गीय उपाध्यायका छोरीहरु आजमात्रै नेपाल आइपुग्ने भएकोले उनको अन्त्येष्टिमा ढिलाइ भएको हो । एकीकृत समाजवादीका केन्द्रीय सदस्यसमेत रहेका दिवंगत उपाध्यायकोपार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका आज २ घण्टा पार्टी कार्यालयमा राखिने छ । 

दिउँसो १ देखि ३ बजेसम्म पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा श्रद्धाञ्जलीका लागि उपाध्यायको पार्थिव शरीर राखिने एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले बताए । त्यसपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

टिप्पणीहरू