माधव नेपालद्वारा भाइको पार्थिव शरीरमा झण्डा ओढाएर अन्तिम बिदाइ
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दिवंगत भाइ सरोजकुमार उपाध्यायको पार्थिव शरीरमा कम्युनिष्ट पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष नेपालले दिवंगत भाईप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । उपाध्यायको पार्थिव शरीरलाई पार्टी कार्यालय आलोकनगरमा राखिएको छ ।
उनलाई श्रद्धाञ्जली दिन समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, उपमहासचिव गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, नेताहरु घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी, प्रेमकुमार आले, किसान श्रेष्ठ, कल्याणी खड्कालगायत पार्टी कार्यालय पुग्नुभएको छ ।
अस्ति शनिबार शंखमुलको एक रेष्टुरेन्टको छैठौँ तलाबाट खसेर निधन भएका अध्यक्ष नेपालका सहोदर भाइ उपाध्यायको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।
टिप्पणीहरू