सुवासलाई जिताउन एमाले सांसदहरुलाई च्यासल बोलाइयो

सुवासलाई जिताउन एमाले सांसदहरुलाई च्यासल बोलाइयो

राष्ट्रपति निर्वाचनमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको नेकपा एमालेले आफ्ना सांसदहरुलाई काठमाडौँ झिकाएर तालिम दिएको छ । राष्ट्रपति निर्वाचनमा मतदाता रहने दुबै तहका सांसदहरुलाई पार्टी मुख्यालय च्यासलमा भेला गरेर एमालेले तालिम दिएको हो । 

अभिमुखीकरण प्रशिक्षण भनिएको उक्त कार्यक्रममा एमालेका शीर्ष नेताहरुले राष्ट्रपति निर्वाचनका सम्बन्धमा प्रतिनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभा सांसदहरुलाई विभिन्न जानकारी गराएका छन् । 

२५ फागुनमा राष्ट्रपति पदको निर्वाचन हुँदै छ । एमालेबाट नेम्वाङ एकै प्रतिष्पर्धामा रहँदा काँग्रेस, माओवादीसहित आठ दलका तर्फबाट रामचन्द्र पौडेल उम्मेदवार छन् । 

आज मध्यराति १२ बजेदेखि मौनअवधि शुरु हुन् लाग्दा एमालेले त्यसअघि नै प्रशिक्षण चलाएको हो ।
 

टिप्पणीहरू