प्रचण्डविरुद्ध मुद्दा हाल्नेलाई क्रान्तिकारीले नछाड्ने

प्रचण्डविरुद्ध मुद्दा हाल्नेलाई क्रान्तिकारीले नछाड्ने

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले मुलुकलाई द्वन्द्वको आगोमा होमेर रोटी सेक्न मन पराउने शक्तिहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अदालतमा मुद्दा हालेको दाबी गरेको छ । शान्ति प्रक्रियालाई बिथोलेर मुलुकमा पुनः द्वन्द्व चाहने शक्तिहरु सल्बलाउन थालेको भन्दै त्यसविरुद्ध संघर्ष गर्न क्रान्तिकारीले आह्वानसमेत गरेको छ । 

अध्यक्ष पञ्चा सिंहले आज विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डलाई घेराबन्दी गरेर शान्ति प्रक्रियाका बाँकी काम रोक्न षड्यन्त्र भइरहेकाले त्यसका विरुद्ध आफ्नो संगठनले सशक्त प्रतिकार गर्ने चेतावनी दिइन् । युद्धकालीन मुद्दालाई संक्रमणकालीन न्यायको सिद्धान्तअनुरुप हल खोजिनुपर्नेमा नियमित कानुन आकर्षित हुनेगरी सर्वोच्च अदालतमा रिट दर्ता गरिएको र त्यसमा अदालतले समेत दोषी रहेको क्रान्तिकारीको दाबी छ । 

द्वन्द्वकालीन मुद्दाहरु सत्य निरुपण र मेलमिलाप आयोगमार्फत टुंगो लगाउनुपर्नेमा अध्यक्ष सिंहले जोड दिएकी छन् । उनले विज्ञप्तिमा भनेकी छन्, ‘हामी चाहन्छौँ द्वन्द्वकालिन मुद्दाहरुको बारेमा सत्य निरुपण आयोग र बेपत्ता आयोगहरु मार्फत छिटोभन्दा छिटो काम सम्पन्न होस् । तर, विभिन्न बाहनामा हिजो टीआरसी विधेयक रोकेर शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्न नदिने को हुन् हामीले चिनेकै छौं । आज तिनै शक्तिहरु फेरि सक्रिय हुन खोजिरहेका छन् ।’

टिप्पणीहरू