भारतले अफगानिस्तानमा खाद्यान्न पठाउँदा पाकिस्तानको स्थलमार्ग प्रयोग नगर्ने

भारतले अफगानिस्तानमा खाद्यान्न पठाउँदा पाकिस्तानको स्थलमार्ग प्रयोग नगर्ने

भारतले अफगानिस्तानमा गहुँ आपूर्ति गर्न इरानको चाबहार बन्दरगाहको प्रयोग गर्ने भएको छ । यसअघि पाकिस्तानको स्थलमार्गबाट गहुँ आपूर्ति गर्दै आएको भारतले अबदेखि इरानी बन्दरगाहको प्रयोग गर्ने जनाएको छ ।  नयाँ दिल्लीमा बसेको भारत–मध्य एशिया संयुक्त कार्य समूह (जेडब्लुजी) को बैठकले आगामी वर्ष अफगानिस्तानलाई २० हजार मेट्रिक टन गहुँ सहयोग गर्ने निर्णय गरेको छ । 

सन २०२२ मा भारत–मध्य एशिया शिखर सम्मेलनमा भएका निर्णयमा छलफल गर्न बसेको नयाँ दिल्ली बैठकमा कजाककिस्तान, किर्गिज गणतन्त्र, तुर्कमेनिस्तान र उज्वेकिस्तान गणतन्त्रका विशेष दूत र वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो । संयुक्त राष्ट्र संघको लागुऔषध तथा अपराध कार्यालय र संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रमका प्रतिनिधिहरुको पनि सहभागिता रहेको बताइन्छ । 

बैठकमा सहभागी सबैले अफगान जनतालाई मानवीय सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । भारतले यसअघि नै पाकिस्तान हुँदै स्थलमार्गबाट अफगानिस्तानको राजधानी काबुलमा ५० हजार मेट्रिक टन गहुँ पठाइसकेको छ ।

टिप्पणीहरू