राष्ट्रपति निर्वाचनमा भोट हालेर निस्कने क्रममा सांसद लडेर घाइते

राष्ट्रपति निर्वाचनमा भोट हालेर निस्कने क्रममा सांसद लडेर घाइते

राष्ट्रपति निर्वाचनमा भोट हालेर फर्किँदै गर्दा एक जना सांसद लडेर घाइते भएका छन् । 

बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा भैरहेको मतदान प्रक्रियामा सहभागी भएर फर्किने क्रममा मधेस प्रदेशका सांसद गोविन्द न्यौपाने लडेर घाइते भएका हुन् । मतदान गरेर निस्कने क्रममा उनी सिँढीमा लडेर घाइते भएको बताइएको छ । 

टाउकोमा चोट लागेपछि उनलाई उपचारका लागि अस्पताल पुर्याइएको छ । न्यौपाने एकीकृत समाजवादीबाट निर्वाचित सांसद हुन् ।
 

टिप्पणीहरू