प्रधानमन्त्रीविरुद्धको मुद्दामा बहस सकियो, आदेश आउँदै

प्रधानमन्त्रीविरुद्धको मुद्दामा बहस सकियो, आदेश आउँदै

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको सर्वोच्च अदालतमा दर्ता रिटमाथिको प्रारम्भिक बहस सकिएको छ ।

रिट दर्ता गर्न आदेश दिने न्यायाधीश ईश्वर खतिवडाकै इजलासमा पेसी तोकिएको मुद्दाको सुनुवाई भर्खरै सकिएको हो । सुनुवाई सकिएसँगै आदेशको तयारी भइरहेको बताइएको छ । 

माओवादी जनयुद्धकालीन घटना र त्यसैसँग सम्बन्धित तीन वर्षअघि प्रचण्डले दिएको अभिव्यक्तिलाई साबिती बयानको आधार लिँदै गत मंगलबार सर्वाेच्च अदालतमा दुईवटा छुट्टाछुट्टै रिट परेका थिए । सोही रिटमाथि आज न्यायाधीश खतिवडाको एकल इजलासमा सुनुवाइ भएको हो । 

१ माघ २०७६ मा टुंँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले माओवादी जनयुद्धकालमा मारिएका १७ हजारमध्ये पाँच हजारको आफूले नैतिक जिम्मेवारी लिने बताउनुभएको थियो । उक्त अभिव्यक्तिलाई युद्धकालमा मारिएका व्यक्तिको हत्यालाई स्वीकारेको भन्दै अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितले रिट हालेका हुन् ।

सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको उक्त रिट दर्ता गर्न न्यायाधीश ईश्वर खतिवडाकै इजलासले आदेश दिएको थियो ।
 

टिप्पणीहरू