राष्ट्रपति निर्वाचनमा पराजित उम्मेदवारको खर्च जम्मा साढे १६ हजार

राष्ट्रपति निर्वाचनमा पराजित उम्मेदवारको खर्च जम्मा साढे १६ हजार

नौ दलको समर्थनमा उठेका काँग्रेसका रामचन्द्र पौडेलसँग राष्ट्रपति निर्वाचनमा पराजित एमाले उम्मेदवार सुवास नेम्वाङले चुनावी खर्च विवरण बुझाएका छन् । नेम्वाङका तर्फबाट एमाले सांसद महेश बर्तौलाले आज खर्च विवरण पेश गरेका हुन् । 

निर्वाचन अधिकृत महेश शर्मालाई बुझाइएको खर्च विवरणअनुसार नेम्वाङले निर्वाचनमा १६ हजार पाँच सय रुपैयाँ खर्च गरेको देखाइएको छ । उक्त रकममध्ये प्रचारप्रसार, छापा एवम् विद्युतीय शीर्षकअन्तर्गत मतदाताहरुलाई एसएमएस पठाउँदा १० हजार रुपैयाँ र मसलन्दमा छ हजार पाँच सय रुपैयाँ खर्च भएको उल्लेख छ । 

हिजो भएको राष्ट्रपति निर्वाचनमा काँग्रेससहित नौ दलका साझा उम्मेदवार पौडेलसँग नेम्वाङ पराजित भएका हुन् ।

टिप्पणीहरू