बेलायती राज्यमन्त्री काठमाडौंबाट ढाका प्रस्थान
नेपाल भ्रमणमा आएकी बेलायती इण्डो–प्यासिफिक राज्यमन्त्री एन मरी ट्रेभिलियन काठमाडौंबाट ढाका पुगेकी छन् । अस्ति बिहान कतारको दोहा हुँदै काठमाडौं आइपुगेकी राज्यमन्त्री आज दिउँसो ढाका हुँदै स्वदेश फर्केको बताइएको छ ।
उनी विमान बंगलादेशको उडान नम्बर बीजी ३७२ मा दिउँसो १ बजे प्रस्थान गरेकी हुन् । यसअघि आजै बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेकी थिइन् ।
हिजो बिहान नेपाली सेनाको ९ एन आरएएम अगुस्ता हेलिकोप्टरमा संखुवासभास्थित अरुण तेस्रो जलविद्युत आयोजनाको निरीक्षण गर्न गएकी हुन् । हेलिकोप्टरमा राज्यमन्त्री र बेलायती दूतावासका अधिकारीहरुसमेत गरी आठ जना थिए ।
टिप्पणीहरू