प्रधानमन्त्री विवाह भोजबाट बालुवाटार फर्कनुभयो

प्रधानमन्त्री विवाह भोजबाट बालुवाटार फर्कनुभयो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजधानीको सोल्टी होटलमा आयोजित विवाह भोजबाट फर्कनुभएको छ । उहाँ उद्योगपति प्रदीपकुमार श्रेष्ठका छोराको विवाहमा उपस्थित भएर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार फर्कनुभएको हो ।

पञ्चकन्या ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष श्रेष्ठले आयोजना गरेको भोजस्थलमा प्रधानमन्त्री दाहाल साँझ पौने ७ बजेको समयमा पुग्नुभएको बताइन्छ । बेहुला, बेहुलीसहित श्रेष्ठ परिवारलाई भेटेर बधाई दिएपछि उहाँ करिब १५ मीनेटमा होटल सोल्टीबाट बाहिरिनुभएको हो ।
 

टिप्पणीहरू