जंगलको आगो बस्तीमा सल्किँदा तेह्रथुमका चार घर खरानी

जंगलको आगो बस्तीमा सल्किँदा तेह्रथुमका चार घर खरानी

तेह्रथुमको आठराई गाउँपालिका ५ को होडा बस्तीमा भएको आगलागीमा  चारवटा घर जलेका छन् । नजिकैैको जंगलमा लागेको आगो बस्तीमा सल्किँदा चार घर जलेको बताइएको छ ।

आगलागीबाट भीम लिम्बू, अटलबहादुर राई, अमरबहादुर राई र जितेन्द्र राईको घर पूर्णरुपमा जलेका छन् । 

नजिकैको जंगलमा लागेको आगोलाई हावाले उडाएर बस्तीमा पुर्याएपछि घरमा आगलागी भएको हो ।

टिप्पणीहरू