उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ प्रतिनिधिमण्डलबीच सिंहदरबारमा भेटवार्ता
नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधिमण्डलले उपप्रधान एवम् भौतिक, पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेको छ । उपप्रधानमन्त्री र चिनियाँ प्रतिनिधिमण्डलबीच मन्त्रालयमा कुराकानी भएको बताइएको छ ।
चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) का उपाध्यक्ष झाङ साओगाङ नेतृत्वको सात सदस्यीय प्रतिनिधि मण्डलले बिहान ११ बजे भेटवार्ता गरेको हो । प्रतिनिधिमण्डलमा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ पनि हुनुहुन्थ्यो ।
टिप्पणीहरू