शिकार खेल्न गएका शिकारीकाे गोली लागेर मृत्यु

शिकार खेल्न गएका शिकारीकाे गोली लागेर मृत्यु

सल्यानमा सिकार खेल्न गएका एक जनाको गोली लागेर ज्यान गएको छ । भरुवा बन्दुक बोकेका अर्का व्यक्तिसँग शिकार खेल्न गएका बनगाड कुपिण्डे नगरपालिका ९ स्वाँराका १६ वर्षीय चित्रबहादुर रावतको मृत्यु भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार घटना हिजो दिउँसो भएको हो । ४० वर्षका आइते रावतले बोकेको बन्दुक पड्केपछि चित्रबहादुर घाइते भएका थिए । 

उनको उपचारार्थ सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । बन्दुक बोकेर शिकार खेल्न गएका आइते फरार छन् । मृतकको शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू