मध्यपश्चिमका सबै क्याम्पसमा चुनाव स्थगित,लुम्बिनीका १३ क्याम्पसमा तालाबन्दी
विश्वविद्यालयका स्वतन्त्र विद्यार्थी युनियनको चुनावमध्ये कतिपय क्याम्पसमा मुखैमा निर्वाचन स्थगित भएको छ । विशेषगरी रोल्पा,बर्दिया र कोहलपुर,बाँकेका क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको बताइएको छ ।
‘मध्यपश्चिमाञ्चल विश्वविद्यालयअन्तर्गतका सबैजसो क्याम्पसमा निर्वाचन स्थगित गरिएको छ,’ विश्वविद्यालय स्रोतले बतायो । निर्वाचनको निम्ति रोल्पामा तयारी सबै भइसकेको अवस्थामा एकाएक रोक्ने निर्णय गरिएको हो ।
बर्दियाको क्याम्पसमा एमाले निकट अखिलले तालाबन्दी गरेको र कोहलपुरको क्याम्पसमा पनि लफडाको संकेत देखिएपछि विश्वविद्यालय प्रशासनले एकाएक निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो ।
यसैबीच लुम्बिनी प्रदेशका ६५ वटा क्याम्पसमध्ये १३ वटामा तालाबन्दी गरिएको छ ।
टिप्पणीहरू