उपराष्ट्रपतिलाई भोट हाल्न प्रधानमन्त्रीको संसद भवन प्रवेश

उपराष्ट्रपतिलाई भोट हाल्न प्रधानमन्त्रीको संसद भवन प्रवेश

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपराष्ट्रपति निर्वाचन प्रक्रियामा सहभागी हुन् भर्खरै मतदानस्थलमा प्रवेश गर्नुभएको छ । 

उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न प्रधानमन्त्री प्रचण्ड मध्याह्न ठिक १२ बजे बानेश्वर चोक हुँदै संघीय संसद भवन प्रवेश गर्नुभएको हो । संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि मतदान भैरहेको छ । 

उपराष्ट्रपतिका लागि सत्ता गठबन्धनबाट रामसहायप्रसाद यादव र ममता झाको उम्मेदवारी छ भने एमालेले अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतदातामा संघीय संसद र प्रदेशसभा सदस्य रहने छन् ।

टिप्पणीहरू