रविको पार्टीलाई कर्मचारी चाहियो
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कर्मचारीको आवश्यकता परेको छ । रास्वपालाई सचिवालय सहायक र लेखापालमा काम गर्ने मान्छे चाहिएको जानकारी दिएको छ ।
रास्वपाले उक्त पदका लागि कर्मशील तथा इच्छुक नेपाली युवाले सात दिनभित्र आफ्नो व्यक्तिगत विवरणसहित आवेदन दिन सक्ने सूचना जारी गरेको छ । सचिवालय सहायकका लागि कानुन, आमसञ्चार वा राजनीतिशास्त्र विषयमा स्नातक उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ ।
त्यस्तै, सूचना प्रविधिसम्बन्धी आधारभूत ज्ञान तथा सीप भएको, समसामयिक सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक विषयमा जानकार, विज्ञप्ति लेखन, विविध विषयका कार्यविधिलगायत दस्तावेज निर्माणसम्बन्धी ज्ञान र नेपाली टाइपिङ गर्न जान्ने खालको हुनुपर्ने पार्टीले जनाएको छ ।
यता, लेखापालका लागि सम्बन्धित विषयमा स्नातक गरेका र लेखासम्बन्धी सम्पूर्ण कार्य गर्न सक्षम व्यक्तिले आवेदन दिन सक्नेछन् । रास्वपाको केन्द्रीय कार्यालयमा उपस्थित भएर वा इमेलमार्फत आवेदन पठाउन सकिने छ ।
टिप्पणीहरू