पन्ध्र वर्षसम्म स्थिर ब्याजदरमा एनएमबीको घर कर्जा

पन्ध्र वर्षसम्म स्थिर ब्याजदरमा एनएमबीको घर कर्जा

एनएमबि बैंकले पन्ध्र वर्षका लागि ११.९५ प्रतिशत स्थिर ब्याजदरमा घर कर्जा प्रवाह गर्ने भएको छ । निरन्तर ब्याज बढ्ने चिन्ताबाट मुक्त गर्न बैंकले पन्ध्र वर्षसम्म एउटै ब्याजदर रहने गरी कर्जा दिन लागेको हो ।

कर्जासम्बन्धी नयाँ व्यवस्थाले घरधनीहरूलाई कर्जाको स्थिर मासिक भुक्तानीको साथै व्यक्तिको दीर्घकालीन वित्तीय योजनामा समेत सहयोग पुग्ने एनएमबीको दावी छ । साथै, लामो अवधिको लागि कम र अनुमानित ब्याजदर सुरक्षित गर्न मद्दत पुग्ने बैंकले विश्वास लिएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले घरमा लगानी गर्न चाहने व्यक्ति तथा परिवारको लागि यो ठूलो अवसर रहेको बताए ।

टिप्पणीहरू