स्वास्थ्य क्षेत्रको समस्या सल्ट्याउन सिके राउत तपोबनमा
डा. सिके राउत नेतृत्वको जनमत पार्टीले स्वास्थ्य क्षेत्रको विद्यमान समस्या समाधानका सम्बन्धमा सरोकारवालाहरुबीच अन्तरक्रिया गराएको छ ।
आज अपराह्न कोटेश्वरस्थित होटल तपोवनमा 'स्वास्थ्य क्षेत्रका विद्यमान समस्या र समाधानका उपाय' बारे सर्वपक्षीय छलफल कार्यक्रम आयोजना गरिएको हो । डा. राउतको अध्यक्षतामा शुरु भएको उक्त अन्तरक्रिया कार्यक्रममा झन्डै दुई दर्जनको सहभागिता रहेको जनाइएको छ ।
कार्यक्रममा स्वास्थ क्षेत्रमा विद्यमान समस्या, चुनौती तथा समाधानका उपायबारे छलफल हुने जनमत पार्टीले जानकारी दिएको छ ।
टिप्पणीहरू