सपथअघि उपराष्ट्रपति राजनीतिक जिम्मेवारीबाट अलग
अस्ति निर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सबै राजनीतिक जिम्मेवारीबाट राजीनामा दिनुभएको छ । उहाँले आज सांसद तथा आफू आबद्ध राजनीतिक दलको साधारण सदस्यबाट समेत राजीनामा दिनुभएको बताइएको छ ।
उहाँले भोलि बिहान १० बजे राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति भवन, शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ । त्यसअघि आज सांसद र पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुभएको हो ।
यादवले सभामुखलाई सम्बोधन गरेर पेश गर्नुभएको पत्रमा बारा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद पदबाट राजीनामा दिएको उल्लेख गर्नुभएको छ । त्यस्तै जनता समाजवादी पार्टी नेपालका अध्यक्षलाई सम्बोधन गरेर दिनुभएको अर्को निवेदनमा पार्टीको साधारण सदस्यसमेत नरहने गरी सबै जिम्मेवारीबाट राजीनामा दिएको उल्लेख गर्नुभएको हो ।
टिप्पणीहरू