सरकारद्वारा रासायनिक मलमा अनुदान कटौतीको निर्णय फिर्ता

सरकारद्वारा रासायनिक मलमा अनुदान कटौतीको निर्णय फिर्ता

सरकारले रासायनिक मलको मूल्यवृद्धि हुने गरी अनुदान कटौती गर्ने निर्णय फिर्ता लिएको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिको अनुदान कटौती गर्ने निर्णय रोक्दै आज बसेको क्याविनेट बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको हो ।

रासायनिक मल आयातमा प्रदान गर्दै आएको अनुदान घटाउने निर्णय सरकारले फागुन ३० मा गरेको थियो । त्यसको चौतर्फी विरोध भएपछि सरकारमाथि उक्त निर्णय सच्याउन चर्को दबाब परेको थियो । 

रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने क्याविनेटले निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
 

टिप्पणीहरू