जसपाका एक जना सांसद थपिएको निर्वाचन आयोगद्वारा पुष्टि

जसपाका एक जना सांसद थपिएको निर्वाचन आयोगद्वारा पुष्टि

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) की नेतृ मन्जु शर्मालाई प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएको जनाएको छ । आयोगको आज बसेको बैठकले शर्मालाई प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० को उपदफा (२) र प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली २०७४ को नियम ४७ को उपनियम (५) बमोजिम प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएको घोषणा गरेको बताइएको छ ।

आयोगले समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको निधनपछि रिक्त स्थानमा शर्मालाई निर्वाचित गरेको जनाएको छ । 

‘२०७९ सालको प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत जसपाबाट बन्दसूचीको क्रम ५२, लिंग महिला, समावेशी समूह मुस्लिम, समावेशी समूहभित्रको प्राथमिकता क्रम १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित शहनाज रहमानको निधन भएपछि सो पद रिक्त हुन आएको,’ उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ ‘त्यसैले, सो रिक्त हुन आएको पदमा बन्दसूचीको क्रम ५३, लिंग महिला, समावेशी समूह मुस्लिम, समावेशी समूहभित्रको प्राथमिकता क्रम २ मा रहेकी मन्जु शर्मालाई निर्वाचित गरिएको छ ।’

यो पनि...

1. प्रधानमन्त्रीलाई पार्टीले विश्वासको मत दिएसँगै रवि लामिछानेको राहदानी दुरुपयोग मुद्दा तामेलीमा

2. प्रधानमन्त्रीलाई १ सय ७२ जना सांसदको समर्थन

टिप्पणीहरू