‘राजा, दल र जेनजीलाई एकैठाउँमा ल्याउन’ राप्रपाको प्रदर्शन

‘राजा, दल र जेनजीलाई एकैठाउँमा ल्याउन’ राप्रपाको प्रदर्शन

राष्ट्रिय प्रजातन्त्र पार्टीले नवीन समझदारीसहित सर्वपक्षीय सरकारको माग गर्दै काठमाडौँमा प्रदर्शन गरेको छ । संवैधानिक राजसंस्थाको आवाज उठाउँदै आएको राप्रपाले शान्तिबाटिकामा दबाबमुलक सभा आयोजना गरेको हो । 

मुख्यतया तीन माग राखेर प्रदर्शनमा उत्रिएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिएका छन् । उनका अनुसार ‘कसैले नजित्ने, कसैले नहार्ने र देशले जित्ने नवीन समझदारीका लागि राजा, राजनीतिक दल र जेन्जी लगायतको सर्वपक्षीय सम्मेलन गर्नुपर्ने’ पहिलो माग छ । 

त्यस्तै अन्तर जिल्ला तथा विदेशमा बस्ने नेपालीको मतदान गर्ने अधिकार सुनिश्चित गर्न र जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरूको माग पुरा गराउन प्रदर्शन गरिएको राप्रपाले जनाएको छ ।

तस्बिरहरु

टिप्पणीहरू